Logo

गजल

           -कल्पना पौडेल ’ जिज्ञासु

तोडेर त्यो बन्धन सारा बसाई सरि आऊ न प्रिय

मलाई छोडी फेरि कतै नजाने गरी आऊ न प्रिय

किनारमा नै बित्यो जीवन पर्खी बस्दा तिमीलाई

बाध्यताको गहिरो सागर छिट्टै तरी आऊ न प्रिय

मेटाउन आतुर छ मन पिरतीको तिर्सनालाई

आकाशबाट बादल बनी सितमा झरी आऊ न प्रिय

काउकुती लाग्न थाल्छ मिलनको पल सम्झँदैमा

बैशालु त्यो यौवनमा उत्साह भरी आऊ न प्रिय

टुक्रिएको मनलाई जोडी विश्वासमा बाँचेकी छु

‘जिज्ञासु’लाई खुसीको बिजन छरी आऊ न प्रिय

प्रकाशित मिति, २०७७ साल भाद्र २९ गते ,सोमवार 

प्रतिक्रिया दिनुहोस्