Logo

चुरोट र चुरोटको जीवन

कसैले बालिदीन्छन सुरुमा
ठुलो कस्ट साथ
निब्न दिदैनन हावा हुरीर र पानि छेकेर
सुरु गर्छ आफै बल्न
जति बल्छ घट्दै जान थाल्छ
खरानीमा बदलिन्छ
चुरोट र चुरोटको जीवन

जीवन बीच कस्ट यात्रामा
हाबा हुरी सहदै
कसलाई फुलाउने,कसैलाई सल्काउने
नसाको चुर आनन्द लिदै
कसैलाई ताप दिदै
कति आफु सिदिदै
धुबाको सेतो लहरमा
जल्दै बढ्यो
जीवन घट्यो
चुर नसाको विभत्स आनन्दमा
चुरोट र चुरोटको जीवन

पर्खेर कुरेको ,कुरेर पाएको
नसोचीकन, नसम्झीकन खोजेर आएको
धुबाको बेग आगोको धिप धिप जस्तै
जीवनको एक बिन्दुमा
हराएको धुबाको छायामा
निभेको ठुटो चुरोट
दाउरामाथि पिताम्बर ओडेर
डढेर खरानी भो
फुटबलको अन्तिम गोलले गेम सिद्दिएझैँ
भरी प्यालाको नशा रित्तिएझैँ
निभेको आगो, जीवन र चुरोट
चुरोट र चुरोटको जीवन
✍️मेघ नाथ खनाल

प्रतिक्रिया दिनुहोस्