Logo

पुनर्नवा अर्थात ओंले साग किडनीको रोगीका लागि रामबाण ?

  -दीपशिखा शर्मा 

                        पुनर्नवा जडीबुटी

urinary  tract  infection अर्थात kidney को गम्भीर बिमारीलाई ठिक गर्न पुनर्नवा नामक वनस्पति अति उत्तम मानिएको छ । पुनर्नवाको बनस्पतिय नाम BOERHAHAVIA DIFFUSSA हो । अंग्रेज़ीमा यसलाई HOGWEED पनि भन्ने गरिन्छ । यो NYCTAGINACEAE FAMILY जातबाट आएको हो । पुनर्नवाको सम्पूर्ण बिरुवामा नै औषधीय गुण हुन्छ । विशेषगरी यसको जरा र पातमा औषधीय गुण प्रशस्त मात्रामा पाइन्छ । खेतमा लगाइने या अक्सर जताततै आफैँ उम्रिने यो बिरुवाको चमत्कारिक गुण थाहा पाएपछि कोहिलाईपनि आश्चर्यचकित बनाउँछ । रसायन या रक्तवर्धक पुनर्नवाले शरीरलाई पुन नयाँजस्तै बनाउने भएकोले यसको नाम पुनर्नवा भनिएको हो ।

 यसलाई गाउँघरमा सागको रूपमा पनि प्रयोग गरिन्छ यसको प्रयोगबाट रतन्धो,जन्डिस,पायल्स लगायत अन्य रोगमा अत्यन्त उपयोगी साबित भएको छ । यसको उचाइ ३ देखि ६ इन्चसम्मको हुन्छ । सेतो फूल फुल्ने पुनर्नवालाई पिसेर आँखामा लगाउनाले आँखामा हुने तमाम रोग ठिक पार्नुका साथै आँखाको ज्योती बढ्दछ । यो बिरुवा ३ वटा (रातो सेतो र निलो) प्रजातिमा पाइन्छ । सेतो फूल फुल्ने प्रजातिलाई  बिषखपरा भनिन्छ भने रातो फूल फल्ने प्रजातिलाई साफी र निलो फूल फुल्ने प्रजातिलाई पुनर्नवा भनिन्छ । यसको प्रयोगले किड्नीसम्बन्धी सम्पूर्ण रोगलाई निको पार्दछ । यहाँसम्मकी डायलोसिस गरिरहेको बिरामीले पनि यस औषधीको नियमित सेवन गरेमा डायलोसिस बाट छुटकारा पाउन सकिन्छ । तसर्थ यो औषधीय गुण भएको यो बिरुवाबाट किड्नी फेल भएका गम्भीर प्रकृर्तिका रोगीहरू लगायत अन्य रोगमा समेत रामबाणको काम गर्दछ भन्दा अत्युक्ति नहोला ।

हेर्दा साधारण देखिने यो बिरुवा आयुर्वेदमा किन यति उपयोगी सिद्ध भएको छ ? किनकि पुनर्नवामा यस्तो रासायनिक तत्व छ जुन कुनै जडीबुटीमा छैन जसले गर्दा यो बिरुवा किड्नीजस्तो अत्यन्त जटिल बिमारलाई पनि ठिक पार्न सक्दछ । तसर्थ यो वनस्पति एलोपेथी  उपचारबाट निरास भएका बिमारीहरूलाई अमृत समान छ ।

पुनर्नवाको चिनारी र अन्य भाषामा यसको नाम – 

 १.वानस्पतिक नाम – Boerhavia Diffusa Linn

  २.संस्कृत – पुनर्नवा, शोथघ्नी, विशाख, श्वेतमूला, दिर्घपत्रिका, कठिल्ल्क,, शशिवाटिका, चिराटका

  ३.हिंदी – लाल पुनर्नवा, सांठ, गदहपूरना,

  ४.उर्दू – बाषखीरा,

  ५.कन्नड़ – सनाडीका(Sanadika)

  ६.गुजराती – राती साटोडी (Rati Satodi), Vasedo (वसेड़ो)

  ७.तमिल – mukurattei, Mukaratte

  ८.तेलगु– Atianamidi 

  ९.बंगाली – Punarnoba, sveta punarnaba

 १०.नेपाली – ओंले साग (Onle Sag)

 ११.पञ्जाबी – khattan 

 १२.मराठी – punarnava, ghentuli

 १३.मलायलम  – Thazuthama, Tavilama

 १४. अंग्रेजी – Erect Boerhavia, Spiderling, Spreading hog weed, Horse Purslane, Pigweed,

 १५. अरबी  – Handakuki, Sabaka

 १६. फारसी – Devasapat                                           

                                 पुनर्नवाको फल 

पुनर्नवा नामक बनस्पतीमा पाईने मुख्य रसायन– 

यसको पातमा PUNARNAVOSIDE, PUNARNAVINE  नामक  ALKALOID पाईन्छ भने यसको जरामा LIRIODENDRIN  नामक lignans तत्व पाइन्छ । Potasium nitrate, ursolic acid, rotenoid पनि पुनर्नवामा पाइन्छ । Only Ayurved यसको अतिरिक्त पुनर्नवाको डाँठमा र पातमा १५ एमिनो एसिड पाइन्छ । जसमध्ये ६ आवश्यक एमिनो एसिड जुन हाम्रो शरीरले बनाउन सक्दैन । जसको फलस्वरुप हामीले खाने नियमित भोजनबाट यसको परिपूर्ति गर्नुपर्ने हुन जान्छ । पुनर्नवा बिरुवाको जरामा १४ एमिनो अम्ल पाइन्छ जसमध्ये हाम्रो शरीरलाई नभै नहुने ७ आवश्यक एमिनो एसिड यही बिरुवाबाट प्राप्त गर्न सकिन्छ ।

 पुनर्नवा प्रयोगबाट मिर्गौला रोगलाई हुने फाइदा –

पुनर्नवाको नियमित सेवनले chronic renal failure ,chronic kidney diseases, nephritic syndrome, urinary  tract infection  अर्थात् मिर्गौलाको गम्भीर बिमारीलाई पनि ठिक गर्न सक्दछ । पुनर्नवामा पाइने punarnavoside जो एक alkaloid अत्यन्त उपयोगी diuretic हो ।  Diuretic एक किसिमको  रसायन हो जसले urine को मात्रालाई बढाउँछ । जसको सेवनले पिसाब सम्बन्धी समस्या हट्नुकासाथै पिसाब खुलेर आउन मद्धत गर्दछ । यसका साथै शरीरमा किड्नीको रोगबाट पैदा हुने सुजन जसलाई Edema भनिन्छ । उक्त सुजन रोक्नलाई यसले थप मद्दत गर्दछ । यिनै औषधीय गुणको कारण punarnavoside एक अत्यन्त उपयोगी antibacterial, anti-inflammatory एवं antispasmodic antifibronolytic  को रूपमा लिन सकिन्छ ।

  पुनर्नवाको जरा 

  यसको प्रयोगबाट हुने असर र फाइदाहरू

 १.Antibacterial effect/ bacterial infection लाई रोक्दछ ।

 २. Anti-inflammatory effect – इन्फेक्सनबाट हुने सुजनलाई कम गर्न मद्दत गर्दछ ।

 ३ .Antispasmodic effect – यसको सेवनले रोग फैलन पाउँदैन ,जसले गर्दा मिर्गौला रोगीहरूको पीडा कम हुन्छ ।

 ४.Antifibronolytic effect – यसको सेवनले पिसाबमा आउने रगतलाई रोक्दछ जुन अक्सर urinary tract  इन्फेक्सनमा हुन्छ । यसलाई haematuria  भनिन्छ । जसमा RBC urine  आउन सुरु गर्दछ । यो ओले साग urinary tract infection मुख्यता पटक पटक हुने uti  को लागि निकै लाभदायक सिद्ध भएको छ ।

५.Only Ayurveda –

यसमा मौजुद पोटैशियम नाइट्रेटले पनि diuretic को काम गर्दछ जसले मिर्गौलामा संकलन भएको पिसाबलाई शरीरबाट बाहिर निकाल्ने काम गर्दछ । जसको कारण मिर्गौला फेलको मुख्य लक्षण Edema मा निकै आराम मिल्दछ । गर्भावस्थामा हुने urinary tract इन्फेक्सनमा पनि यो जडिबटी अत्यन्त उपयोगी सिद्ध भएको छ ।

 ६.Nephritic Syndrome Treatment in Ayurveda –

यो एक प्रकार को kidney को समस्या हुन्छ जसमा शरीरबाट पिसाबको माध्यमद्धारा लगातार रूपमा प्रोटिन बाहिर निस्कन शुरु गर्दछ र शरीर सुन्निने हुन्छ र मिर्गौलाको छान्ने शक्तिमा खराबी आउन थाल्दछ । यस्तो जटिल परिस्थितिमा ओंले साग अर्थात  पुनर्नवा सञ्जीवनी बुटीभन्दा कम छैन । किनकि यसमा मौजुद एमिनो एसिडले शरीरमा हुन गएको प्रोटिनको कमीलाई पूरा गर्दछ तथा पिसाबबाट भएको प्रोटिनको क्षतिलाई कम गर्दछ । एवं kidney dysfunction बाट हुने सुजन जसलाई Edema भनिन्छ उसको पनि रोकथाम गर्दछ ।

७.Kidney Failure Treatment In Ayurveda.

ओले  साग (पुनर्नवा) को नियमित प्रयोगले यसबाट पाइने विशेष रसायनहरूको कारण chronic renal failure, chronic kidney diseases, urinary tract infection अर्थात् मिर्गौलाको जटिलभन्दा जटिल समस्याबाट छुटकारा मिल्छ ।

८.Dialysis Prevention In Ayurveda

मिर्गौलाका रोगीहरू जो मिर्गौला खराब भएको कारण पिसाब बाहिर निकाल्ने समस्याले ग्रसित हुन्छन् । जसको कारण उनीहरूलाई पटक पटक डायलोसिस गर्नुपर्ने हुन्छ । यस्ता गम्भीर प्रकृतिका रोगीहरूको लागि पनि यो जडीबुटी अत्यन्त लाभदायक सिद्ध भएको छ । यसको नियमित सेवनले डायलोसिस गर्ने समस्याबाट मुक्ति मिल्दछ । किनकि पुनर्नवा ले urine output को अत्यधिक मात्रामा बढाउँछ । जसको कारण रोगीलाई डायलोसिस गर्नुपर्ने जरुरत नै पर्दैन ।

९.Prevent Kidney Transplant In Ayurveda

यदि तपाईँलाई डाक्टरले किड्नी ट्रान्सप्लान्ट गर्नको लागि सुझाव दिएको छ भने पनि नडराउनुस् । हरेक दिन यस जडीबुटीको जरा समेत उखेलेर सफा पानीले पखाली मिक्स्चरमा पिसेर साँझ बिहान ५० मि.ली.को दरले ६ महिनासम्म लगातार यसको रस पिएमा उक्त समस्याबाट छुटकारा पाउन सकिन्छ । उक्त अवधि रोगीको अवस्था अनुसार कम या बढी गर्न सकिन्छ । यसको प्रयोगको साथसाथै डाक्टरले सिफारिस गरेको औषधी पनि रोगीले  निसंकोच लिन सक्दछ ।

१०.Control Blood Pressure For Kidney Patient

Nephrotic syndrome, chronic renal failure /  chronic kidney disease  मा blood presssure बहुत ज्यादा बढ्ने गर्दछ , पुनर्नावा मा पाइने lignane  LIRIODENDRIN एक प्राकृतिक calcium channel blocker हो जसले  blood vessel लाई relax  राख्दछ । जसबाट blood pressure नर्मल हुन जान्छ । Diuretic भएको कारण पुनर्नवाले पिसाबको अधिक मात्रा किड्नीबाट बाहिर निकाल्ने गर्दछ । यसले Blood pressure सन्तुलित राख्दछ । यो एलोपेथी बिधिमा ब्लड प्रेसर कम गर्नको लागि दिइने Calcium Channel Blocker – Nifedipine औषधी जस्तै काम गर्दछ । जुन मुख्यतः किड्नी रोगीको Renal Failure को केशमा दिइन्छ ।

११.सेवन गर्ने तरिका

यो जडीबुटीलाई बिहान खाली पेटमा पुरै बिरुवाको रस निकालेर ५० मि.ली बिहान र ५० मि.ली. बेलुका पिउन दिनुपर्दछ । रोगीको अवस्था हेरेर यसलाई १ महिनादेखि ६ महिनासम्म लगातार खुवाउन सकिन्छ ।

१२.स्वरस निकाल्ने तरिका

रस निकाल्नुभन्दा  पहिला यसलाई सफा पानीले पखाल्नुपर्दछ । त्यसपछि उक्त बिरुवालाई कुनै मिक्स्चर या खलमा पिसेर लेदो बनाउनुपर्दछ । अनि उक्त लेदोलाई सफा नरम सुती कपडामा राखेर छान्नुपर्दछ । छानेर निस्केको रस रोगीलाई नियमित रूपमा पिउन दिनुपर्दछ ।

    [email protected]

 प्रकाशित मिति, २०७४ साल आश्विन १७ गते, मङ्गलवार  

प्रतिक्रिया दिनुहोस्