Logo

गजल

             – नमिता दवाडी

रङ्गमा पनि दुःख रहेछ,आखिर दुख्नु पर्ने रहेछ ।

यो सिउँदोको सिँदुरमा कसैको आँसु झर्ने रहेछ ।

छालाले ढाकेर भाग्य , मनोमानी चलाउँछ सधैँ ,

देख्नुभो दैवले पनि कसरी ढाँट छल गर्ने रहेछ ?

समुद्र किनारको फोटो यसकारण पेस गरेको हुँ ,

हाँसेको फोटोले मेरो झुपडीमा खुसी भर्ने रहेछ।

अचम्म ! मुटु जोडिएकासँग छुटेर पनि बाँचेको छु ,

मृत्यु मात्र के र ! टारेर जीवन पनि त नटर्ने रहेछ ।

बेला बेला आउनु ,मन चिमोट्नु खुसी हुनु छ भने !

तिम्रो याद बिना त आँसुसम्म बसाइँ सर्ने रहेछ ।

        (गोर्खा नेपाल)

    हाल : न्युजिल्यान्ड

प्रकाशित मिति- २०७७ साल भाद्र २६ गते शुक्रवार

प्रतिक्रिया दिनुहोस्