Logo

गजल

        -गंगा लिगल 

कथा सागर हो जहाँ लहर लहराइरहन्छ

कथा नदी हो जहाँ लहर चलमलाइरहन्छ ।

यो त अनगिन्ती मान्छेको जीवन यात्राको सार हो

जसको अवर्णनीय गाथा नै सलबलाई रहन्छ ।

जब कथामा हाँगा बिगा नौला आयाम आउँछन्

त्यो बेला मूल्यवान् कीर्ति अत्यन्त महकाई रहन्छ ।

सृष्टिको निरन्तरता सँगै कथा अगाडि बढ्छ

अनि सन्सारको सौन्दर्य सधैँ चकमकाई रहन्छ ।

यो अमर हुनुमा मानवको ठुलो दायित्व हुन्छ

मान्छे कथा झैँ कथा मान्छे झैँ यो फहराईरहन्छ ।

प्रकाशित मिति: २०७७ साल साउन २० गते ,मंगलबार

प्रतिक्रिया दिनुहोस्