Logo

गजल

                         -प्रदीप रोदन
 
हरचिजको बिशेषता हो सकिनु खेर जानु !
 
फुर्सद छ भने मैले यत्ति भनेको सुनेर जानु !
 
हजुरलाई देखिन्छ कि भन्दैमा दिन गयो,
 
कतै जानू अघि झ्याल त बन्द गरेर जानु !
 
 
 पातबाट शीत खसे झैँ खस्छन् आँसुहरु,
 
सानो कुरा हो र ? चरीले डाली छोडेर जानु
 
सत्य त मित्रतामा दरार आउनुपर्ने थियो,
 
निहुँ थियो मलाई उसले छुरा धसेर जानु !
 
 
  हाल ,गोरखा
 
प्रकाशित मिति, २०७७ साल असार २६ गते, शुक्रवार
प्रतिक्रिया दिनुहोस्