गजल-निश्चित छ !!
निमुखाले न्याय नपाउने निश्चित छ !
अपराधीहरु झन रमाउने निश्चित छ !!
गणितमा दुई तीहाइको दम्भ देखाएर !
आन्दोलित जनता दबाउने निश्चित छ !!
नक्कली भएपनी रिपोर्ट तयार पारेर !
मुख्य दोषीलाई उम्काउने निश्चित छ !!
बिदेशी शक्तिलाई रिझाएर जसरी पनि !
यो आफ्नो सरकार बचाउने निश्चित छ !!
काम गर्नु पर्दैन मोजमस्ती छ तिन्लाई !
जनतालाई सपना देखाउने निश्चित छ !!
लेखनाथ खनाल (अंकुर )
अर्जुनचौपारी –६ दरौं स्याङ्जा