Logo

संजिव कुमार पौडेलको गीति एल्बम अस्तित्व सार्वजनिक

                                 -अन्जना पौडेल

 दस्तावेज,माघ २८ गते ,आईतवार २०७४,  काठमाडौं — २०७४ /१०/२७ गते विन्यवासिनी म्युजिक प्रा.ली.को आयोजनामा वरिष्ठ गीतकार यादव खरेलको प्रमुख अातिथ्यमा चर्चित गायक संजिव कुमार पौडेलको गीति एल्बम अस्तित्वको एक भव्य समारोह बिच विमोचन भएको छ । नारायण कंडेलका शब्दहरूमा चर्चित संगीतकार उहाँकी बहिनी रेखा पौडेलको संगीत रहेको उक्त एल्बममा ६ वटा गीतहरू संग्रहित छन् ।

 हुन्छु म जब ,छैनन् शब्द नैं ,डालीको फूल जस्तै ,न मैले बुझ्न सकेँ ,प्यासी नजर , जीवनको सागरमा गायक संजिवकुमारले एल्बममा समेटिएका ४ वटा गीतहरू गाएर कार्यक्रममा मनोरन्जन थप्नु भएको थियो । संजिवकुमारको यो तेस्रो एल्बम हो ।
सुवास रेग्मीको सभापतित्व र नरेश भट्टराईले उद्घोषण गर्नु भएको उक्त कार्यक्रममा विशेष अतिथिहरू संगीतकार सुरेश अधिकारी, उहाँकी ममतामयी आमा देवीमाया पौडेल, संगीतकार शक्ति बल्लभ आदिको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्