Logo

गजल

 

खै कति कमाइएको रहेछ, पूर्व जन्ममा साहुहरु !
देख्छु उस्तै जमात , चियाउदै छन् लुटने दाउहरु !

 

धेरै ओखतीहरु खाए, धेरै मल्हमहरु पनि लगाए
निको हुँदैन, कोट्याई दिन्छन ती पुराना घाउहरु !

 

गर्‍हौ भारी बोकी कति उकाली ओराली गरियो,
अब त थाकिएछ क्यारे , गल्न थाले यी पाउहरु !

 

चिसोमा कठ्याँग्रिंदै,भोक-भोकै बिते कयौ रात मेरा,
अहिलेका चल्ला भए अर्कै,अर्घेलो देख्छन माउहरु !

 

 लेखनाथ खनाल “अंकुर “

 

अर्जुनचौपारी -६ दरौं, स्याङ्जा ।

हाल – युएई ।

प्रतिक्रिया दिनुहोस्