Logo

गजल

         

                               

     -भुबन घिमिरे

 

लुकी लुकी हेर्ने गर्छिन पैले जस्तै अैलेपनि,

बोल्न खोज्छु छेउ पर्दा ओँठ बन्द जैलेपनि।।

 

सधैँ नजर झुकाएर हिडिदिन्छिन लजाएर,

मन्द हाँसो छड्के हेराई गर्न थाले मैलेपनि।।

 

तिमी सँग मात्रै सधैँ बोलिरहु लागिरहन्छ,

नदेखेको कहाँ होर तिमि जस्तै अरू पैलेपनि।।

 

मुटु भित्र तिमि नै छौ कसले सक्छ हटाउन,

कहाँ सक्छ आकाश ढाक्न बादल जति फैलेपनि।।

 

प्रकाशित मिति, २०७४ साल मंसिर ६ गते, बुधबार, २०७४, काठमाण्डौं

प्रतिक्रिया दिनुहोस्