स्वतन्त्र गजल
भेटिदैन खै यहाँ मानवता हराएको भान हुन्छ
धन-दौलत रूप मात्र आजकल पहिचान हुन्छ
गरिबीले लखेटिएका लाखौँलाख युवाहरूको
जिन्दगीमा खाडीनै भाग्य पोल्ने आरान हुन्छ
गुण्डा,भ्रष्टहरुको हातमा छ देशको राजनीति
झुठ बोल्दै ठग्ने नै उनीहरूको अभियान हुन्छ
सत्यता मर्दै गएको छ समाजबाट खै किन हो
देख्ने आँखा भन्दा पनि सदर सुन्ने कान हुन्छ
बाँदरले न आफ्नो बनाउछ न राख्छ अर्काको,
क्षणमा यो स्वर्गभूमि उझाडिएको बगान हुन्छ !!
लेखनाथ खनाल “अंकुर”
अर्जुनचौपारी-६, दरौं स्याङ्जा ।
प्रकाशित मिति, २०७४ साल मंसिर ४ गते, सोमबार, काठमाण्डौं