Logo

अन्जना पौडेलको हाइकु सङ्ग्रह ‘आरूबारीको फूल’को लोकार्पण

सिन्धु पौडेल,दस्तावेज संवाददाता,मंसिर २ गते शनिबार २०७४,काठमाण्डौं – अन्जना पौडेलको हाइकु सङ्ग्रह ‘आरूबारीको फूल’को लोकार्पण भएको छ ! शताव्दी साहित्य प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रम मानव सेवा आश्रममा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा.राम कुमार पाण्डे हुनुहुन्थ्यो । शताव्दी साहित्य प्रतिष्ठानकी सचिव अनिता यात्रीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमा स्वागत कोषाध्यक्ष हिरा परियारले गर्नु भएको थियो । समालोचक मित्रबन्धु पौडेलले पुस्तकको समिक्षात्मक टिप्पणी गर्नु भएको थियो ।

हाइकुकारहरू चेतनाथ धमला, वासुदेव गुरागाइ,लाल बहादुर भुजेल, रन्जु दहाल , लक्ष्मी मुडभरी ,इन्द्रप्रभा क्षेत्री र उद्वबप्रसाद भट्टराईले अन्जना पौडेलका आरूबारीका फूल भित्रका हाइकुहरू वाचन गर्नु भएको थियो । उक्त कार्यक्रममा मीठो छन्द कविताका धनी सुदेश सत्यालका कविता वाचनले सबैलाई आनन्दित बनाएको थियो ।
मानव सेवा आश्रमका संरक्षक रामजी अधिकारी ,सुवर्णलाल चित्रकारले मानव सेवाको बारेमा आफ्ना भनाइ र उद्धेश्यहरू प्रस्तुत गर्नु भएको थियो । आररूबारीकी सर्जक अन्जना पौडेलको जन्मदिन परेकोले उहाँले आश्रमका आमाबुबा,भाइ बिहनीहरूसंगै खुसी साट्दै उहाँहरूसंगै मन्त्र र भजनमा रमाए पछि साँझको भोजन प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्