कविता – अर्पणा”सर्बिन”
उजाड उजाड छ मरुभूमिजस्तै
बन्जर र बाँझो खेतजस्तै
सुकेर झरेको झारजस्तै
रहर लिएर एक कदम बढ्यो
कहिं धुलो कहिं धुवाँ
कहिं काँढा कहिं बाध्यता
लखेट्छन सबैले
न पाईला बढाउन सक्छु
न फर्किन सक्छु
दरिद्रता खिचातानीसँग ठोक्किन्छु
उथलपुथल लिनु र दिनुको
संघर्ष अत्यासलाग्दो।
कर्मजीवी त हुँ
असन्तोष जालभित्रको माछोजस्तै
एक हात अघि बढाउँछु
भाग्य तेर्सिन्छ
बाधक बनेर
हर तवरले कम्जोर भएर।
खित्का छोडेर हाँसी दिन्छन्
कहिँ उपहास भोग्छु
कहि सुस्केरा र साउती झेल्छु
मुकदर्शक र मजबुर भएर
किनकी मेरो सफलतामा
भाग्य आई ईशारा गर्छ
म लाटो बनेर हेरि रहन्छु
चीत्कार भाग्यको बहिरो बनेर सुनी रहन्छु।
प्रकाशित मिती २०७४ साल श्रावण १० गते सोमबार
हाल, काठमाण्डौं