प्रेम को प्रश्न ?
ममता कर्माचार्य
म प्रेम गर्छु।
आकाश झै खुल्ला
स्वतन्त्र, स्वच्छ मस्तिष्कमा भरेर,
म प्रेम गर्छु।
प्रकृतिको सुन्दरताको बोध,र,ऋतुहरूको
दृष्टी ऑखामा राखेर
मनको ढोका खोलेर
म प्रेम गर्छु।
धर्तीको जस्तो मुटु प्रत्येक गति
समयको ढुक ढूकी संग हिडेर
म प्रेम गर्छु।
पुजारी बनेर मन्दिरमा प्रेम, श्रृदा र बिस्वाशको
सुमधुर घटी एकनासले बजाऐर
म प्रेम गर्छु।
यर्थाथ,सागरको जस्तो स्वाभाब
गहिरो नसा नसामा बगेर ,
म प्रेम गर्छु।
जीवनको सत्यताको पछौरी आढेर
ओठमा उषाको लाली पोतेर
खुशी म भित्रको मुस्कान पोखेर
म प्रेम गर्छु।
सु विचार, सम्मान, आदर, हेरविचार आर्दशले
सिलाएको लुगा लगाऐर
म प्रेम गर्छु।
म संग प्रेमको प्रश्न छ।
प्रेमको मुल्य कहा छ?
म फेरी सोच्न वाध्य हुन्छु।
कहा छ प्रेम, को संग, को संग छैन?
के प्रेम किनेको रातो गुलाफको फूल,
दुई, चार दिनमा झरेर सुकेको
पत्र पत्रमा,उढेको रंग संग,
के प्रेम,
के रातमा झर्ने शितका थोपा,
क्षेणिक वासनामा
के प्रेम
बच्चाले खेलने पुतलीको जस्तो खेलमा
के प्रेम ,
के सिर्फ स्वादमा सिमित,
के प्रेम रंगमञ्चमा
के प्रैम सपनाको छाल संग।
के प्रेम ,
आशु, हत्या,आत्महत्यामा
के चेली बेच बिखनमा
बजारको बिसृतिकरण
बेस्याको लाल मोहरमा
के प्रेम,
घृणा र हेलामा
,क्षेनिकको मस्तीमा
के केवल कति सजिलो
भन्न र लेख्नमा
i love you
शब्दहरूमा सिमित,
आज, भोली प्रेम
आधुनिक युग झै
आधुनिक अनुहारमा
शुन्य प्रेम
तर मेरो जवाफ
म संगमा मात्र छ।
हो म प्रेम सत्य गर्छु।
आत्मा संग,पुर्ण समर्पणमा
मेरो अस्तित्व नै
एउटा प्रेम आगाध प्रेम,
म प्रेम गर्छु।
कहिले नओईलिने मखमली फुल जस्तै
कहिले नबदलिने बिहानीको सूर्य जस्तै
साॅझ पख शितल चिसो पवन जस्ते
कहिले नमेटिने , अन्तकाल सम्म,,
म प्रेम गर्छु।
हाल बोस्टन अमेरिका