Logo

गोम बिक्रमका ५ चोटिला मुक्तकहरू

(ढाकिँदैन तिम्रा फर्जीका कुरा )

                    मुक्तक -१

कर्मशीलका मुहारभरी, मुजै- मुजा भएको छ

समृद्ध देश देख्ने चाह, धुजै-धुजा भएको छ

इमान्दारको बदख्वाइँ गरी, भ्रष्टहरूले रजाइँ गरी

देश विरुद्ध लाग्नेको नै, पूजै-पुजा भएको छ ।

 

                 मुक्तक -२

गर्दै नगर्नेको भजन र, नारा सिद्धान्त घोक्नुपर्याछ

अपराधी वा वापती हुन्, पहुँच छ र बोक्नुपर्याछ

थुकेको थुक चाटिएन, आफूले कहिले ढाँटिएन

अगाडी, माथि चम्चे पुग्दा, आफूले सलाम ठोक्नु पर्याछ ।

 

                     मुक्तक -३

आदर्श, नीति अनुशासन, सिकाउँथ्यौ उस्तै अर्जीका कुरा

धनमा गाँठो परेपछि त, थालेछौ आफ्नै मर्जीका कुरा

मास्तिर ढाके तल्तिर  ह्वाङ्गै, तलतिर ढाके माथि छ्याङ्गै

ढाकेर कत्ति ढाकिँदैन, शायद तिम्रा फर्जीका कुरा ।

                      मुक्तक -४

बदलिँदैन झट्ट विश्वास, देशकै सत्ता धानेकासँग

भरोसा लाग्छ जे गरे नि, हृदयले आफ्नै ठानेकासँग

मस्त छौँ हामी अन्धभक्त, चुसिँदा आफ्नै जीउको रक्त

कसले बाजी मार्न सक्नु ?, छक्कापञ्जा जानेकासँग ।

 

                         मुक्तक -५

कसम खान्छ उसैले जो, सबैभन्दा झुट छ हजुर

भित्र बाहिर कुरा मिले, जे गरे नि छुट छ हजुर

आफै उत्पात गनाएर, जनता भेडो बनाएर

देशै बेची खान्छन् यहाँ, सारा ब्रह्मलुट छ हजुर ।

गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७७ साल मंसिर ७गते 

प्रतिक्रिया दिनुहोस्