Logo

लघुकथा – बलात्कार

              – दयाराम

धैँ सुनसान हुने चोकमा भीड लागेको छ। भीडलाई छिचोल्दै कर्मवीर उत्सुकताको दृष्टि छर्दै अघि बढ्छ । दुई लक्का जवानलाई छ-सात जनाले पिट्दै गरेको कारुणिक दृश्यले कर्मवीर स्तब्ध हुन्छ । दर्शकहरू धेरै छन् कसैले ठोक ठोक भन्छन् त कसैले पसिना चुहाउँदै चुटिरहेका हुन्छन् ।

भीडको केही पर झोक्राइरहेको एक अधबैँसे पुरुषलाई सोध्छ । “उनीहरू के गल्ती गरे ?” “भन्नै लाज लाग्छ ।” “भन्नुस् न उनीहरूले मार्न लागि सके ।” “के बचाउन चाहनुहुन्छ ?” “मार्नै पर्ने उनीहरूले के गरे ?” “बलात्कार गरे ।” “कस्लाई ?” उत्तर आएन । कर्मवीरको पनि शिर झुक्यो सोच्यो कसरी ? प्रश्न मनमै राख्यो, भीड छिचोल्यो ।

अपराधी बेहोस भइसकेछन् । प्रहरी आए सबै चेकजाँच गरे । बेहोस एक युवकको हातमा सानो कागजमा लेखिएको थियो बिल्ला भिराइयो । गाउँमा छ-सात जनाको ठूलो गुणगान सुरु भयो बेहोस ती युवक अस्पतालमा भर्ना गरियो होसमा आएपछि अनुसन्धान थालनी भयो अपराधीको हातबाट एक युवती बचाउन खोज्दा उनै अपराधीले बलात्कारी भन्दै चुट्न थालेका रहेछन् । छ-सात जनाको बचाउमा पूरा गाउँलेहरू उत्रिए र न्याय माथि अर्को बलात्कार गरे ।

                    कुश्मा पर्वत (हाल – चितवन चनौली)

प्रतिक्रिया दिनुहोस्