Logo

गजल

    – ज्ञानु न्यौपाने

चिल्ला सडक समीपका बस्तीहरू ढलेको छ

भीरको बाटो खाल्डैखाल्डा तर विकास चलेको छ ।

सदनको रापताप सत्ता खेल अनौठो त्यो

पार्टी दुई सत्ता उही रिसको राँको बलेको छ ।

 

उनकै भक्ति सर्वत्र छ बुई चढी हिँडेकाको

भागरथी , निर्मलालाई समाजले छलेको छ ।

 

हिजो पनि कान्छा भाई झिटीझाम्टा बोकी हिँड्यो

उध्योग धन्दा केही छैन युवा मन जलेको छ ।

बोल्न पनि सकिँदैन आँखी कहीँ हुने हो कि ?

चाकडी नि आउँदैन मनको आशा गलेको छ ।

 

– बगनासकाली – ३, पाल्पा ।

प्रतिक्रिया दिनुहोस्