कविता – माइकालालकाे फुटबल : पेले कि ठेले ?
– अर्जुनराज पन्त
एउटाकाे मैदान अर्कैकाे खेल
खेलभन्दा ठूलाे छ महाझेल !
लात्ती भकुण्डाे खेल्नलाई तम्सी
गाेल हान्न खाेज्नेकाे छ घम्साघम्सी
क्याप्टेन हूँ भन्छ जान्दैन खेल्न
खेल्नमा हैन ध्यान दिन्छ ठेल्न !
चाकडी गर्नेले भन्दिन्छन् पेले
मख्खै पाे पर्छ मखण्डी ठेले
छैन रे अर्काे काेही माइकलाल
खेल्नलाई ऊसँग खुट्टाकाे चाल
हान्छ खेलाडी भकुण्डाे त्याे छाडी
काे पर्न सक्नु उसका अगाडी !
छन् संगी सँगै राख्दैन आश
गर्दैन विश्वास दिँदैन पास !
क्याप्टेन भए नि छैन त्याे भरकाे
चिन्दैन गाेल पाेष्ट आफ्नो र अर्काे !
न चिन्छ गाेल पाेष्ट न चिन्छ साथी
हान्दिन्छ गाेल नि ती आत्मघाती !
काेहीलाई धकेल्छ काेही भने तान्छ
गाेल हान्न छाडी भद्रगाेल हान्छ !
हान्छ भकुण्डाे बेतालसँग
छन् काेही क्रुद्ध छन् काेही दंग
सुन्दै सुन्दैन हजाराैँ ती गाली
मख्खै पाे पर्छ बज्दा दुई ताली
हावा भर्दा पाे कि गल्ती गरे !
बल भर्ने हावा कि उसमा पाे भरे ?
जहाँ पायाे त्यही हान्छ बल उफ्री
मलीन छन् दर्शक माैन छ रेफ्री
हान्छ भकुण्डाे जहाँ गएपनि
उही गर्छ सदर गाेल हाे त्याे भनी !
न जित्न सक्छ न सक्छ हार्न
तम्सिन्छ बरू गाेल पाेष्टै सार्न !
बच्ला त खेल खै नियमै त्याे मारी
जहाँ जान्छ बल त्यही गाेल पाेष्ट सारी !
– बाग्लुङ मुलपानी, हाल प्रवास