Logo

गजल

लोचन 'फूलको थुँगा'

 न त्यो मेरो न तिम्रो तल्लीन छैन

कस्तो हाे याे समय रंगिन छैन ।

जोडेको मन पागल सरह भाे

म नबौलाएको कुनै दिन छैन ।

 

साेचे, जसमा कुनै कमी नहोस्

तर आकाशसँग जमिन छैन ।

 

रोऊँ कि हाँसौँ त म कस्तो दुबिधा

समयलाई त लाज घिन छैन ।

जिन्दगीको कथा वियोगान्त लाग्यो

पढेर फुर्सद, एक छिन छैन ।

         – लम्किचुहा – १० कैलाली हाल: मुम्बई ।

प्रतिक्रिया दिनुहोस्