Logo

कविता – हिमालको आवाज-५

 -साहित्यकार ,दामोदर पुडासैनी किशोर

 मान्छे मा केही

 फरक छैन

 खोज्नुपर्छ ,भेटिन्छ सबै कुरा

 मभित्र उत्साहका नदीहरू

 बगिरहेछन्

 जलिरहेछ निरन्तर

 उमङ्गको आगो

 विशाल सिङ्गै समुद्र

 तरङ्गित

 संसारका सबैको आँखामा

 रोशनी जगाउन

 मान्छेको जस्तै मसँग

 पनि छन्

 बहुरङ्गी बादलु बुट्टाहरूमा

 सपना बर्साउने सूत्रहरू

 मान्छे मा केही

 फरक छैन

 बुझ्न सक्नुपर्छ

 बुझ्न सकियो भने

 पलाउँछन् प्रेम

 उत्साहका आँकुराहरू

 परिवर्तनको मिठास हो मान्छे

 मैले संसारलाई सुम्पिरहेछु

 परिवर्तनका अनन्त मूलहरू

 मान्छे जन्मे देखिनै

 मान्छेलाई चिन्न खोजिरहेछ

 तर ,चिन्नै नसकेर फालिरहेछ

 शङ्का,भ्रम,ईर्ष्या,रिस

 उत्तेजनाका आँकुराहरू

 मलाई पनि चिन्न नसकेर

 भनिरहेछन् कसैले

 भेट्न कठिन सुलुत्त पहाड

 बुझ्न गाह्रो कठोर चट्टान

 अगम्यताको पल्लो सिमाना

 मान्छे मलाई चिन्न

 त्यति सजिलो छैन

 चिनेपछि हामीजति प्रेमिल अरू

 कोही हुँदैन

 मान्छे हो मान्छेलाई प्रेम गर

 मान्छे हो मलाई प्रेम गर

  हुँ संसारका सबै प्रेमको जीवित

 ज्योति स्तम्भ

 प्रेमको अनन्त ज्योति

 बगिरहेछ हामी दुबैसँग

 खोज्न चाहने मान्छेहरू

 मान्छे नजिक जाऊ

 पवित्र प्रेम चाहनेहरू

 मेरो नजिक आऊ

 मान्छे मा केही फरक छैन

 खोज्नुपर्छ ,भेटिन्छ सबै कुरा

 (२०७६ भाद्र २६ गते शुक्रवार थामे गाउँ(३८०० मिटर उचाइ ),सोलुखुम्बु

 नोटआदरणिय पाठकवृन्द ! कारोबार आज डट कमले हरेक शनिवार बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर कविता विशेष स्तम्भ प्रकाशन गर्ने खबर हाम्रा पाठक समक्ष बाँड्न पाउँदा कारोबार आज डट कम परिवार अत्यन्त हर्षित वरिष्ठ कवि दामोदर पुडासैनी किशोर अत्यन्त चर्चित प्रिय स्रष्टा हुनुहुन्छ उहाँका रचनाहरूलाई पाठकले मागको विषय बनाएका छन् प्रिय कवि दामोदर पुडासैनीले गत बर्ष सगरमाथा सेरोफेरोको भ्रमण गरेर पचास शृङ्खलाको अत्यन्त ओजनदार कविता सङ्ग्रह नै तयार पार्नुभयो

हिमाललाई बिम्ब प्रतीक बनाएर सम्पूर्ण जीवन जगतलाई नयाँ व्याख्या गरिएका यी कविताका पचास शृङ्खलाहरूले विशेष महत्व बोकेका छन् ।यी कविताहरू कारोबार आज डट कमले शृङ्खलाबद्ध प्रकाशित गर्ने हाम्रो अनुरोधलाई स्वीकार गरेर हामीलाई विश्वास गर्नु भएकोमा हामी आदरणीय कविप्रति आभार प्रकट गर्दछौँ यसै सन्दर्भमा प्रसिद्ध विद्धान समालोचक प्रा.डा. महादेव अवस्थीको बिचार मननीय उहाँ लेख्नुहुन्छ, दामोदर पुडासैनी किशोरको हिमालका आवाज नेपाली साहित्यको नयाँ काव्यात्मक उपलब्धि हो हिमालका आवाजमा हिमाली पर्यावरण सांस्कृतिक जीवनका समानान्तरको रोचक ,मधुर उदात्त चित्रण गरिएको नेपाली काव्य फाँटमा हिमालका आवाज नयाँ धारा नयाँ विषयका साथ आएको परिपक्व सृजनात्मक कृति हो

नेपाली अनलाइन पत्रिकाले आजसम्म यस किसिमको शृङ्खलाबद्ध कविताहरू प्रकाशन नगरेको सन्दर्भमा हामीले यो विशेष कामको थालनी गरेका छौँ हामीले थालेको यो नयाँ काम दामोदर पुडासैनी किशोरको यी कविता शृङ्खला बारेमा आदरणीय पाठकहरूको तार्किक अभिमतको अपेक्षा गरेका छौ

                           –सम्पादक

प्रतिक्रिया दिनुहोस्