Logo

कविता -हिट्लर बेरोजगार भो

हिट्लर बेरोजगार भो !
बुद्धहरूले बन्दुक बोकेपछि ।
कलमले औँलो पाएन !
बिध्यार्थीले झन्डा बोकेपछि ।
गाउँका खेत म बाझी भए भन्छ !
शहरका गमलाले तरकारी फलाएपछि ।
आतङ्कवादी औलो टोकेर कोक्रोमा हेरि बस्छ !
मुक्तिदाताले नै आस्थाको गजुर ढलाएपछि ।
चोरहरू चिन्तित छन् परिचय नै टुटेपछि !
साधुहरूले मन्दिर र आश्रममै बसेर लुटेपछि ।
दुर्योधन चित्त परेर हेरिबस्छ !
युधिष्ठिर नै सारी तान्न तम्सेपछि ,
सिंहहरू लाचार भई गुफाबाट हेरि बस्छ !
फ्याउराहरूले नै आफ्ना गर्धनमाथि झम्टेपछि ।
रविन न्यौपाने , गङ्गा जमुना ६ धादिङ्ग
प्रकाशित मिति- २०७७ साल असोज ६ गते, मंगलवार
प्रतिक्रिया दिनुहोस्