Logo

गजल

                  -शर्मिला श्रेष्ठ

देशमै मेहनत गर्छु नफर्कने विचार गरेँ

डलरको लोभमा अब नभड्कने विचार गरेँ।

वर्षौँ कट्छ परदेशमा ऋण तिर्ने तनावमा

अब साहुको ऋणमा नलट्कने विचार गरेँ।

अन्तरकुन्तर चिमाेटिरहन्थ्याे शिर नुहिदा

पाबन्दी बाणहरूले नझस्कने विचार गरेँ।

परदेशमा जे गरे नि स्वदेशमा गर्न लाज

काम सानो ठूलाे भन्दै नगम्कने विचार गरेँ।

परिवार अलग्गिनुको पीडा भोग्नेलाई साेध

पागल भई आइन्दा नसन्कने विचार गरे।

ललितपुर,भैंशेपाटी

(हाल अमेरिका)

प्रकाशित मिति- २०७७ साल भाद्र २६ गते शुक्रवार

प्रतिक्रिया दिनुहोस्