Logo

गजल

– कृष्ण ढकाल झापा

‘उ आउन त आई´

पूर्णिमाको जुनझैँ उज्यालो जिन्दगीलाई

औंसीको रात झैँ आज अँध्यारोमा पारेर गई ।

जिन्दगीभर साथ निभाउने कसम खाएर

आज आफ्नै वचनबाट उ हारेर गई ।

 

उ आउन त आइ..

तर, क्षणभरमै खुसी जति उसको पोल्टामा सारेर गई ॥

शब्दहरूलाई कोष्ठभित्र राखे झैँ ,

सम्बन्धको कोष्ठमा उसलाई राखेर

म त्यहीभित्र रमाउन चाहन्थे

तर उसले त सम्बन्धलाई सिधै पूर्णविराम लगाएर गई ।

 

हो उ आउन त आई…..

तर क्षणभरमै हाम्रो सम्बन्धलाई

जिउँदै तर्पन चढाएर गई ॥

मदन,मजनु,रोमियो सबै तिमी नै हौँ भन्थी

ती महान प्रेमीहरूलाई पनि आज कलंकित पारेर गई ।

उसैका यादहरूले मस्तिष्कमा छुरा चलाएर

मुटुलाई नै धुजा धुजा पारेर गई ।

 

उ आउन त आई…..

तर क्षणभरमै,

त्यो मनको माया यो मनसँग मारेर गई ॥

प्रकाशित मिति, २०७७ साल भाद्र २२ गते ,सोमवार 

प्रतिक्रिया दिनुहोस्