Logo

गजल – पुष्पा धमला

तिम्रो घरको आगनीमा जब पाइला टेकी दिएँ

हाम्रो माया बचाउनलाई मैले खुशी सुम्पिदिएँ ।

मेरो दुःख पोख्ने बेला जब तिमी टाढा थियौ

एउटै माध्यम चिठ्ठी पत्र पठाउन लेखी दिएँ ।

मन्दिर गए खुशी माग्न भगवानलाई नदेखेर

ढुङ्गा माथि चढाउने अपाङ्गलाई भेटी दिएँ ।

बुढा,बुढी,आमा,बालाई लगाएर मेरो जिम्मा

गयौ तिमी धेरै टाढा मैले घर संसार हेरी दिएँ ।

जेनतेन गुजारा नि अहिले सम्म धानेकै छु

दुःख जति कुल्चिएर मुस्कुराउँदै खेली दिएँ ।।

प्रकाशित मिति: २०७७ साल साउन १३ गते मंगलवार 

प्रतिक्रिया दिनुहोस्