Logo

गजल

      – नमिता दवाडी

मेरो देशले कैयन बहादुर जन्माएको छ

जीवन बढारेको छ, घर भत्काएको छ,

दुख पखाल्नै होला ,नदी बौलाएको छ ।

म मरे तातो माटोमा चिन्ता नगर खाडी ,

मेरो देशले कैयन बहादुर जन्माएको छ ।

मान्छेले होइन, समयले रहेछ रङ्ग बदल्ने ,

हिजो प्रेमी , आज पागल बनाएको छ ।

अड्डा अदालत के गर्नु , के जोड्नु साक्षी ,

के मिल्ला न्याय , मनले मन दुखाएको छ ।

बन्दुक एकोहोरो हेर्छन् विधवा आँखाहरू ?

लाग्छ गोलीमै उनको खुसी हराएको छ ।

गोर्खा नेपाल (हाल ,न्युजिल्यान्ड)

प्रकाशित मिति :२०७७ साल साउन १२ गते सोमवार

प्रतिक्रिया दिनुहोस्