Logo

कविता – बिछोडको पीडा

  -लक्ष्मण चौलागाईं विद्रोही

याद बनी मस्तिष्कमा बसिरह्यौ

धड्कन बनी मुटुभित्र धड्किरह्यौ

भावना बनी नदी झैँ अनवरत बहिरह्यौ

प्रकृति तिमिले यहाँ पल नि ढिलाइ नगरी

ऋतुहरू बनायौ र बदलिरह्यौ

हर ऋतुमा नवीन फूलहरू फुलाईरहयौ

अनि संसार शोभनीय बनाउँदै गयौ

मर्ने बेलामा पनि मृत्यु शैयाको मान्छेले

जननीसँग बिछोडिनुको पीडाले होला

२ थोपा आँसु खसाली मर्‍यो ‘२’।।

प्रकाशित मिति :२०७७ साल साउन १२ गते सोमवार

प्रतिक्रिया दिनुहोस्