गजल
– नमिता दवाडी
यी आँखा भिज्दा ऊ हाँस्ने कारण भेटेको छैन ।
शायद पानी परेपछिको आकाश देखेको छैन ।
खाली खुकुरी अचानोकै चर्चा सुन्छु जताततै ,
लाग्छ के अरू कसैलाई फूलले कोतरेको छैन ?
आफूले दिएको कुरा मात्र गरिरहन्छ ऊ सधैँ ,
पोखिँदा यौवन सँगै रित्तिएको बुझेको छैन ।
तिमी गएदेखि नै खाली छ ,आऊ फेरि बस,
टेक ,मलमल झैँ छ मुटु कसैले टेकेको छैन ।
म त मै भइहालेँ,चिन्ता मालिककै इज्जतको हो ,
जून निभेको छैन ,बस्तीमा मान्छे सुतेको छैन ।
गोर्खा नेपाल ,(हाल न्युजिल्यान्ड )
– प्रकाशित मिति, २०७७ साल श्रावण ९ गते ,शुक्रवार