Logo

असुरक्षित शोभा – कविता

–  लक्ष्मण चौलागाईं

प्रकृतिको आफ्नै ध्यानले निर्मित फूल

तिमीलाई एउटा निर्दयीले च्वाट्ट चुँडीदिन्छ

तिमीपनि असुरक्षित आफ्नो सुन्दरतामा

कहाँ पो बाँच्न पाएको छौ र ?

कैयन भमराले तिम्रै रस चुसेर

माहुरीको महको खजाना लुटिदिन्छ

आज त्यही फूल

आफू असुरक्षित शोभा बोकेर फुलिरहेको छ

कसले भरेको रङ्गको कला हो त्यो

कसले छरेको सुवास हो यो

आफैंमा सुगन्धित शोभा बोकेर

हामी सबैको आँखामा अटाइरहेको छ….

प्रकाशित मिति ,२०७७ साल, श्रावण ३ गते, शनिवार 

प्रतिक्रिया दिनुहोस्