Logo

परिवर्तनको गीत त थुप्रै सुनियो

 

                          – रविन्द्रबहादुर सिंह

परिवर्तनको गीत त, थुप्रै थुप्रै गाइयो ,

जनताको सुदिन त, प्रशस्तै भजाइयो।

देशलाई विदेश जस्तै, बनाउने नि भनियो,

आज आएर विडम्बना, देशै नरहने भयो।

कति मात्रै आश्वासन सुन्नु ,हुने केही भएन,

कति मात्रै भ्रमित हुनु, विश्वास कसैको रहेन।

कुनाकन्दरा रोइरहे, झुप्रामा उज्यालो बल्दै बलेन ,

सहन त सक्ने कठै धर्ती, लूट्को बजार ध्वस्त भएन।

जताततै ब्रम्हलूट, कानुन मूक दर्शक भन्दा देखिन ,

अपराध त कति हो कति नछोप्ने यहाँ कोही भएन।

सत्यको पक्षमा चलाऊ कलम सज्जन हो ,

लूटको स्वर्ग खै ,ध्वस्त हुन सकेन ।

लूटको स्वर्ग खै, ध्वस्त हुन सकेन ।।

प्रतिक्रिया दिनुहोस्