गजल
लाटो दौडिन्छ सुनेर ,आवाजको मशाल बालिएको छ ।
बुझ्दैन ,सुन्नेको कानमा स्वार्थको बुजो हालिएको छ ।
स्वागतम लेखिएको थियो, ढोकामा भरेको लोटी थियो ,
के थाहा छिर्दै निलिनुछ , भित्र अजिङ्गर पालिएको छ ।
आउनुहोस् आ-आफ्नो हिस्सा लिऔँ,आफ्नै लगानी हो,
हाम्रै स्वार्थको मौलोमा बुढो स्वाभिमान ढालिएको छ ।
तिमी नै मन ,तिमी नै जीवन भन्दै आयौ ,उसै गरी गयौ,
भनेकै हुँ ,जीवन भत्किन सक्छ ,दुखले टालिएको छ ।
म र मेरो दरौँदीका ढुङ्गाहरू उस्तै- उस्तै लाग्छन् मलाई ,
म फ्याँकिएको छु काखबाट ,ऊ बगरमा फालिएको छ।
नमिता दवाडी ,गोर्खा नेपाल
(हाल न्युजिल्यान्ड)
प्रकाशित मिति :२०७७ असार २९ गते सोमवार