Logo

गजल

 

त्यो रूपको दास हुन्छन्,मेरा नजर
तिम्रै आस पास हुन्छन्,मेरा नजर ।

तिमी धर्ती भई हेर, के पो गर्छु म…
धर्ती छोप्ने आकाश हुन्छन्,मेरा नजर ।

पिलाउँछौ तिमीले जो नशा पिरतीको
सधैँ मधुमाश हुन्छन्,मेरा नजर ।

बिसाइ फेर्छु मात्रै भन्नु चौतारीमा
चिसो चिसो बतास हुन्छन्, मेरा नजर।

                – लक्ष्मण गगन

              प्रकाशित मिति :२०७७ असार २९ गते सोमवार 

 

प्रतिक्रिया दिनुहोस्