Logo

सस्तो चल्दैन सौखिन छ,मुलुकको विलासे राजनिती

                            – लक्ष्मण चौलागाईं विद्रोही 

हेरेँ जुगल, गौरिशंकरको, मनमोहक सुन्दर दृश्य ,

चिसो सिरेटोमा रातले,बनाइदियो भयो सबै अदृश्य ।

हिमालका पङ्क्तिहरू, आहा ! मिलेका दन्त सरी,

कति मज्जाले हासेकी छिन् ,आहा हाम्री प्रकृति ।

तर रोइरहेको छ देश, नियाल्दै यी अमूल्य सम्पत्ति ,

अलपत्र छ दर्दनाक कथा ,होला यो कसको नियति ।

आँखाबाट बर्र अश्रु ,बलिन्द्र झर्‍यो चेहरा भरी ,

तप्प तप्प चुहियो आँसु, च्यातिएको भोटो भरी ।

घरैपिच्छे छैनन् कोही,प्रवासिए लाखौं युवायुवती,

सस्तोमा बेच्दै पसिना, पठाउँछन् रेमिटेन्स भर्नलाई ढुकुटी ।

विदेशबाट लास ल्याउन, समेत छैन कुनै सहानुभूति ,

दयनीय बन्दै गयो शासक, रित्याउँदै राज्यको ढुकुटी ।

यस्तै छ हजुर, हँसिलो हिमालको रोइरहेको दुर्गति ,

सस्तो चल्दैन सौखिन छ, मुलुकको विलासे राजनीति ।

                            प्रकाशित मिति :२०७७ असार २९ गते सोमवार 

प्रतिक्रिया दिनुहोस्