Logo

कविता – धोखा

 व्यवस्था बदल्न रहेछ युद्ध,अवस्था बदलिएन प्यारा !

आउँदै रहेछन् सपनामा बुद्ध,शान्ति पनि छटपटी छन् क्यार  !!               

                                                 – लक्ष्मण चौलागाईं विद्रोही

घाउ पाकेर बहेको छ पिप अझै ।।

दुख्छ ,पोल्छ,बिझाउँछ बल्झिएर अझै।।

गोलीका छर्रा बिझेको भएर

औषधिले होस किन्ने शरीर

व्यवस्था बदल्न रहेछ युद्ध

अवस्था बदलिएन प्यारा

आइरहन्छन् सपनामा बुद्ध

शान्ति पनि छट्पटीछन् क्यार

सहिद सत्कारको स्मृतिमा आमै

अश्रु धारा बहाउँदै कठै

च्यात्तिएको चोलीमा फाटेका सपना

बेहाल छन् विवशता थुप्रै

चुनावको बेला सत्कारको सँगी

भन्थे मलाई नरुनुस् आमै

बलिदानको बदला समृद्दी, विकास

सहिद सपना हामी नै हो आमै

आज वर्षौँ बित्यो, आएनन् कोही

घुँक्क – घुँक्क, रुँदै थिए बाबै

झुठा आश्वासन, नदिएको भए

मेरो छोरा मर्दैनथ्यो कठै !!

 

(सिन्धुपाल्चोक )हाल, काठमाडौँ

प्रकाशित मिति, २०७७ साल असार २६ गते, शुक्रवार

प्रतिक्रिया दिनुहोस्