Logo

कबिता – ईतिहास आमा हो

           -गंगा लिगल

मानिस जन्मिन्छ यस धर्तीमा
नव इतिहास स्रोत बनिकन
युगौँ युगको कथा आफूमा
राख्छ जतनले सँगालिकन ।

इतिहास आमा हो धर्तीको
कथा कोर्दछ सृजन देखिको
सुस्त सुस्त बामे सर्दै सर्दै
समेट्छ कथा जीवन गाथाको ।

जीवनका प्रत्येक क्षणलाई
अनुसन्धान गरी निकाल्दछ
सुख दु:खका ती लहर सँगै
धारा प्रवाह निर्माण गर्दछ ।

समयको मागलाई यसले हेर्छ
अनि नियाली नियाली कोर्दछ
अन्तर दिलका भावना सँगै
बाह्य जगत् पनि समेट्दछ ।

बल्ल बामे सरिकन हुर्केको
जीवन लता लहरिदै जान्छ
यौवन जीवनको प्रगति कोर्दै
इतिहास बलियो बनाउँछ ।

जीवनको वृद्ध अवस्थालाई
इतिहासले अनि जग मान्दछ
सौन्दर्य र माधुर्य कला पूर्ण गरी
अमर कृतिमय सुवास भर्दछ ।

– प्रकाशित मिति २०७६ साल श्रावण १८ गते शनिबार

   [email protected]

 

प्रतिक्रिया दिनुहोस्