Logo

मेरा अनुभूतिहरू

 -ममता कर्माचार्य

अधुरो,रातलाई,बोकेर,

बर्षौदेखि,अधुरो,कोरिएको,चित्र

बनेको,छ,सप्त,रङ्गहरूले

कोमल,निश्चल,चोखो,छुट्टै,

अलग,रगंले,पोतिऐको,छ।

विभिन्न विभिन्न आफ्नै विशेषतामा

पाउँछु,ती चित्रमा,

कहिले बुद्धको मुस्कान बनी मौनतामा उभिदिँदा, 

जीवनको परिभाषामा,परिभाषित हुन्छौ।

कहिले मदर टेरेसा बनी मलाई,अँगालो पोखिदिँदा,

मानवीयता सेवा नै बाॅच्नुको, रहस्यमय

बाटो हुन्छौ।

अनि,कहिले कृष्णको मुरलीले,धुनले,

मायाको सागरमा स्पर्शले,छोपिदिँदा

सगरमा,उडेका,उध्देव,

आनन्दहरू,तरंगीत,बनी समर्पित, हुन्छौ।

ती,तिम्रा अनुहारमा,कोरिएको रंगीन रेखांकितमा,

जीवन अनुवादको यात्रा,निधारित पोखिएको हुन्छौ।

तिमी र म

वास्तविकको,परिधीमा,कोरिएको चित्र,

सम्झधारी,र यर्थाथमा,

अनमोल , चित्र छ।

कहिले नमेटिने,गरी,

मुटुमा कोरिएको

मूर्त चित्र,

ढुक्क,छु ह्दयको,संग्रहालयमा

मेरो,भनेर,

मेरा अनुभूतिहरूमा………….

प्रकाशित मिति, २०७५ साल कार्तिक ६ गते, मंगलबार

प्रतिक्रिया दिनुहोस्