Logo

शुभकामना

 

शुभकामना
विजया दशमीमा
रमाऔँ सबै ।

पूर्णता प्राप्त
सबैको जीवनमा
मनोकामना ।

प्रवेश छ है
दुर्गा माताको यहाँ
सौम्य रूपमा ।

तेज र ओज
झलझलाकार नै
शक्ति रुपिनी ।

आज यो धरा
प्रदिप्त भएको छ
तिनको तेज ।

विजय गरी
पूर्णता प्राप्ति स्वयम्
उज्वल पूर्ण ।

सूर्यको तेज
उदाएकी नै तिनी
अति प्रफुल्ल ।

विविध नाम
यश कीर्तिका साथ
पाइला टेकी ।

नेपाली धर्ती
प्रकाशमय गर्दै
दिएर खुसी ।

रमाऔँ सबै
माताको आशीर्वाद
जन्म जन्ममा ।

आउने छैन
कुनै आपत्ति अब
यस धरामा ।

नेपाली सबै
आनन्दित बन्नेछौ
कृपा तिनकै ।

प्रकाशित मिति २०७५ साल आश्विन २९ गते ,सोमवार

प्रतिक्रिया दिनुहोस्