Logo

गजल-निश्चित छ !!

 

 

 

 निमुखाले न्याय नपाउने निश्चित !

 अपराधीहरु झन रमाउने निश्चित !!

 

गणितमा दुई तीहाइको दम्भ देखाएर !

 आन्दोलित जनता दबाउने निश्चित !!

 

नक्कली भएपनी रिपोर्ट तयार पारेर !

 मुख्य दोषीलाई उम्काउने निश्चित !!

 

बिदेशी शक्तिलाई रिझाएर जसरी पनि !

 यो आफ्नो सरकार बचाउने निश्चित !!

 

काम गर्नु पर्दैन मोजमस्ती तिन्लाई !

 जनतालाई सपना देखाउने निश्चित !!

 

लेखनाथ खनाल (अंकुर )

 अर्जुनचौपारी दरौं स्याङ्जा

 

 

प्रतिक्रिया दिनुहोस्