Logo

वादी महिलाको कथामा आधारित ‘नथिया’सार्वजनिक

स्तावेज,माघ २३ गते, मंगलबार २०७४,काठमाडौँ – युवा कवि तथा निबन्ध लेखनमा सक्रिय पोखरेली स्रष्टा सरस्वती प्रतीक्षा ‘नथिया’ मार्फत कवयित्री प्रतीक्षा आख्यानकारका रुपमा आएकी छन् । उनको पहिलो उपन्यास ‘नथिया’ शनिबार राजधानी काठमाडौंमा सार्वजनिक भएसँगै उनको परिचय थपिएको छ। मध्य र सुदूरपश्चिमको पिछडिएको समुदाय बादीमाथि लेखिएको उपन्यास ‘नथिया’ वादी मुक्ति आन्दोलनकी अधिकारकर्मी तथा प्रदेशसभाका सांसद उमा बादीले सार्वजनिक गरेकी थिइन्।

सार्वजनिक गरिएको उपन्यासमाथि पत्रकार तथा उपन्यासकार नारायण वाग्ले र राष्ट्रिय सूचना आयोगकी सदस्य यशोदा तिम्सिनाले आ-आफ्नो धारणा राखेका थिए। पिछडिएको र राज्यद्दारा उपेक्षा गरिएको समुदायका पीडाबारे लेखिएको उक्त उपन्यासले नेपाली समाजको बिम्ब प्रस्तुत गर्ने वक्ताहरूको भनाइ थियो।

अधिकारकर्मी तथा प्रदेश सांसद उमा बादीले ‘नथिया’लाई बादी समुदायको विशिष्ट प्राप्तिका रूपमा लिएको बताइन्। उनले ‘नथिया’लाई बादी समुदायको गीता भएको टिप्पणी गरिन्। चलचित्रकर्मी दीपेन्द्र के खनालले नथिया नेपाली समाजको महत्त्वपूर्ण प्राप्ति भएको भन्दै यसमाथि चलचित्र बनाउने घोषणा समेत गरे।

दाङको पश्चिम उत्तर क्षेत्रमा अपहेलित रुपमा रहँदै आएका वादी महिलाको कथालाई उपन्यासमार्फत प्रस्तुत गरेको जानकारी दिँदै उपन्यासकार सरस्वती प्रतीक्षाले आफूलाई दश वर्षअघिदेखि घोचिरहेको विषयमा उपन्यास तयार पार्दा सन्तुष्टि मिलेको बताइन् । उनले उपन्यास लेखनका क्रममा जति आफूले बादी समुदायका दु:ख र पीडा प्राप्त गरियो, त्यति लेख्न भने नसकेको धारणा राखिन्।

“विसं २०३६ देखि २०४६ सालसम्मको वादी महिलाको कथालाई प्रस्तुत गर्नु सहज थिएन । मैले दुस्साहस गरेकी हुँ, ९५ प्रतिशत सत्य घटना समेट्ने प्रयास गरेको छु”, सार्वजनिकीकरण समारोहमा उनले भनिन् । गणतन्त्रको घोषणापछि आफ्ना माग पूरा गराउन सिंहदरबारमा भित्री बस्त्रमात्रै लगाएर प्रदर्शनमा उत्रिएका वादी महिलाले आफूलाई उपन्यास लेख्ने प्रेरणा दिएको उपन्यकार प्रतीक्षाको भनाइ थियो । 

“उपन्यास सकाउन मलाई १० वर्ष लाग्यो,उनले थपिन् , समाजले उनीहरुलाई हेर्ने नजर देख्दा म धेरैपटक रोएँ, धेरैपटक मलाई पनि पीडा दियो, वादी महिलाको दुःख देख्दा”, उपन्यासकार प्रतीक्षाले भनिन्, “मेरो विश्वविध्यालय पढ्दादेखिको सपना पूरा गरेको छु ।” 

उपन्यासमाथि टिप्पणी गर्दै पत्रकार नारायण वाग्लेले सरल भाषामा यथार्थलाई प्रस्तुत गरिएको कृति समकालीन आख्यानमध्ये उत्कृष्ट रहेको बताएका थिए ।  पुरुषले महिलामाथि गरेका शोषण र ज्यादतिलाई औपन्यासिक रुप दिएर ज्यादतिविरुद्ध बोल्ने साहस उपन्यासले गरेको भन्दै उहाँले उपन्यास उपन्यासभन्दा पनि कवितात्मक रहेको उल्लेख गरे । 

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले वादी महिलाको आँसु, कथित ठूलाबडाको ज्यादतिलाई सशक्त रुपमा प्रस्तुत गर्न उपन्यास  भएको बताईन् ।  यथार्थ विषय लेख्ने हिम्मत थोरैले मात्रै गर्ने भएकाले वादी महिलाको कथालाई सरल र सहज रुपमा प्रस्तुत गरेको टिप्पणी गर्दै तिम्सिनाले भनिन् , “कमजोर मुटु भएकालाई उपन्यास सहजै पढ्न नसक्ने छ ।” 

प्रमुख अतिथि रहुनुभएकी वादी आन्दोलनकी अगुवा उमा वादीले आफ्नो समुदायको अवस्था, पीडित महिलाको कथामा उपन्यास लेखेर ठूलो गुन लगाएको बताईन् । उनले  भनिन्, “नथिया” वादी समुदायका लागि गीता, महाभारत जस्तै श्रद्धाको पुस्तक बनेको छ ।” 
बुक हिलप्रकाशन द्दारा उक्त उपन्यास प्रकाशन गरिएको हो । प्रकाशक संस्थाका प्रमुख भूपेन्द्र खड्काले आफ्नो प्रकाशनले प्रकाशन गरेका २५ वटा पुस्तकमध्ये नथिया सर्वोत्कृष्ट रहेको जानकारी गराएका थिए । 

 ‘नथिया’चलचित्रको घोषणा  

पुस्तक सार्वजनिकीकरण समारोहमा निर्देशक दीपेन्द्र के खनालले ‘नथिया’माथि चलचित्र बनाउने घोषणा गर्नुभयो । आफूलाई उपन्यासले प्रभावित पारेकाले त्यसैमाथि चलचित्र बनाउने सोच आएको निर्देशक खनालको भनाइ थियो । डिएस डिजिटल र भूपेन्द्र खड्का प्रोडक्सनले निर्माण गर्ने उक्त चलचित्रको प्राविधिक तयारी समेत शुरु भएको छ । 

पुस्तकमाथि बनेका चलचित्र व्यावसायिक रुपमा सफल हुन नसकेपनि नथिया त्यसभन्दा बिल्कुल फरक हुने निर्देशक खनालको भनाइ थियो । उहाँले यसअघिका पशुपतिप्रसाद, धनपति, भिजिलान्ते, ‘चपली हाइट’जस्ता चलचित्र निर्माण गरिसकेका छन् । नेपाली चलचित्र उध्योगमा फरक धारका चलचित्र बनाउँदै आएका खनालले ‘नथिया’लाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रुपमा घोषणा गरिसकेका छन् । 

    Deepshikha Sharma

[email protected]

प्रतिक्रिया दिनुहोस्