Logo

गजल – जिन्दगी खास हुन्छ !

 

जिउन जाने यो जिन्दगी खास हुन्छ !!
नजाने जिन्दगी जिउँदो लास हुन्छ !!

तोड्न सके जन्जिर,छ खुशी नै खुशी
नत्र रुढीबादी संस्कारको दास हुन्छ !!

बोलेर नै बाठो हुन्छु,भन्छन् मान्छेहरू
तर परीक्षामा लेख्ने मात्र पास हुन्छ !!

महल अनि झुपडी उस्तै एकरात घर,
मरे पछि सबै खरानीको रास हुन्छ !!

मायामा झुठो नाटक गर्छन् स्वार्थिहरु,
माया भनेको त रगत अनि सास हुन्छ !!

सोचेको राम्रो हो, भलो सबैको खातिर,
हारजित देख्नेलाई जुवाँ र तास हुन्छ!!

लेखनाथ खनाल “अंकुर”
अर्जुनचौपारी – ६ दरौं, स्याङ्जा ।
हाल- युएई ।

प्रतिक्रिया दिनुहोस्