Logo

सिसारद्दारा भागवत लोकार्पण

न्जना पौडेल,दस्तावेज, माघ २३ गते, मंगलबार २०७४, काठमाडौँ – सिसार साहित्य प्रतिष्ठान काठमाडौँद्दारा आयोजित भागवत लोकार्पण कार्यक्रममा लक्ष्मीप्रसाद ज्ञवालीद्दारा अनुदित नेपाली श्रीमद्भागवत महापुराण लोकार्पण गरियो । गुल्मेली समाजका अध्यक्ष हरिप्रसाद न्यौपानेले पुस्तकको लोकार्पण गर्नुभएको थियो।

उक्त अवसरमा बोल्दै सिसार साहित्यिक पत्रिकाका प्रधान सम्पादक ज्ञाननिष्ठ ज्ञवालीले भागवत उपजीव्य ग्रन्थ भएको विचार व्यक्त गर्नुभयो । नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले कृतले मनुष्य चोला सार्थक पार्ने धारणा राख्नुभएको  थियो । कार्यक्रममा कविहरू प्रल्हाद पोखरेल , सीता सापकोटा , ठाकुर शर्मा , युवराज शर्मा गौतमले कृतिकारलाई शुभकामना दिएका थिए । यस अवसरमा फागुनको एकदेखि पाँच गतेसम्म हुने संस्कृत तथा साधारण मा• वि• रिडीको शतवार्षिक महोत्सवबारे समाजसेवी लोकेन्द्रराज भट्टराईले प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्