Logo

स्वतन्त्र गजल

 

भेटिँदैन खै यहाँ मानवता हराएको भान हुन्छ
धन-दौलत रूप मात्र आजकल पहिचान हुन्छ

 

गरिबीले लखेटिएका लाखौँलाख युवाहरूको
जिन्दगीमा खाडीनै भाग्य पोल्ने आरान हुन्छ

 

गुण्डा,भ्रष्टहरूको हातमा छ देशको राजनीति
झुठ बोल्दै ठग्ने नै उनीहरूको अभियान हुन्छ

 

सत्यता मर्दै गएको छ समाजबाट खै किन हो
देख्ने आँखा भन्दा पनि सदर सुन्ने कान हुन्छ

 

बाँदरले न आफ्नो बनाउँछ न राख्छ अर्काको,
क्षणमा यो स्वर्गभूमि उझाडिएको बगान हुन्छ !!

 

      लेखनाथ खनाल “अंकुर “

अर्जुनचौपारी -६ दरौं,, स्याङ्जा ।

          हाल- युएई

प्रकाशित मिति, २०७४ साल माघ ४ गते,  बिहिवार 

प्रतिक्रिया दिनुहोस्