Logo

‘तमु ल्होसार’ पर्व शुरु

काठमाडौँको टुँडिखेलमा शनिबार गुरुङ समुदायको  ‘तमु ल्होसार’ पर्व मनाउन उपस्थित युवती  । तस्बिर: रोशन सापकोटा, रासस 

स्तावेज संवादादाता,पौष,१५ गते,शनीवार,२०७४, काठमाण्डौ – गुरुङ समुदायको महान पर्व तमु ल्होछार /ल्होसार सनिबार मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ।

काठमाण्डौँ उपत्यका र त्यस वरपरका जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायहरुले राजधानीको टुँडिखेलमा जम्मा भई ल्होछार मनाएका छन् । विभिन्न परम्परागत भेष भुषामा सजिएका गुरुङ समुदायका महिला पुरुषको झांकीले टुँडिखेल निकै मनमोहक देखिएको थियो।

विशेष समारोहमा तमु समुदायका परम्परागत विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो । बौद्ध धर्म अन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्वको रुपमा मनाईने यस पर्वलाई गुरुङ समुदायले नया बर्षको रुपमा मनाउने गर्छन् । गुरुङ बसोबास भएका स्थानमा यो पर्व भव्यताका साथ मनाउने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्