Logo

गुहु र गोबर छुट्याएर मात्र भोट हाल

 

कोही भन्छ रुखमा हाल

कोही भन्छ सूर्यमा हाल

कोही भन्छ तराजुमा हाल

तर म भन्छु,

६० कटेको रोगी बिरामीलाई नहाल

भ्याट छल्ने व्यापारी

र, फिरौती लिने ‘डन’ हरुलाई नहाल

जेल बसेकै भरमा

र,

भ्रष्टाचारको अभियोगमा

चारखाल बसिसकेकाहरुलाई नहाल

राजनीति गरेरै महल ठड्याउनेहरुलाई नहाल

सत्ता स्वार्थका लागि

बेठीक भएकालाई पनि ठिक भन्नेलाई नहाल

‘गठ’ बन्धन र ‘ठग’ बन्धन छुट्याउ

भोलि पछुताउनु भन्दा बेलैमा विवेक पुर्याउ

‘गुहु’ र ‘गोबर’ छुट्याएर मात्र हाल

तिम्रो भोट, अमूल्य भोट

नेताको लागि होइन, आफ्नो सन्ततीको लागि हाल ।

  – ज्योतिकुमार श्रेष्ठ ।  

   हाल, अमेरिका 

प्रकाशित मिति, २०७४ साल मंसिर २१ गते, बिहिवार

प्रतिक्रिया दिनुहोस्