Logo

शृङ्गारिक गजल,

 

प्रेम फुलाउने बगैंचा बनी,दिल भित्र गाढा भएँ !
पहिले तिम्रो फूल झैँ थिएँ, यतिखेर काँडा भएँ !

 

अथाह म मायाको सागर, जवानीको रङ्ग छर्दा
खोटि अहिले काम नलाग्ने अर्घेलो भाँडा भएँ !

 

अँगालोमा सिउरिदा, काले थिए तिम्रो आफ्नै
छुट्यो साथ अहिले हाम्रो, कताकता टाढा भएँ !

 

बाटिएन डोरि क्यारे ,बाँधिएन छ हाम्रो जवानी
दोष दिँदै भन्छ्यौ अरे, तिम्रो लागि छाडा भएँ !!

    लेखनाथ खनाल “अंकुर”

  अर्जुनचौपारी-६, दरौं स्याङ्जा 

         हाल-युएई 

प्रकाशित मिति, २०७४ साल मंसिर ४ गते, सोमबार, काठमाण्डौं 

प्रतिक्रिया दिनुहोस्