Logo

गजल

 

       -भुबन घिमिरे 

यादहरू छल्किएर पोखिन्छन् कि डर लाग्छ,
मनमै लुकाउ कुरा भन्छु व्यक्त गर्न कर लाग्छ!!

समयकै कुरा न हो, कहिले हार कहिले जित,
आफ्नै जस्तो तिम्रो खुसी मलाई ती हर लाग्छ!!

देखिएका सपना सबै पुरा यहाँ कसको हुन्छ ?
तर पनि तिम्रो मनलाई आफ्नै बस्ने घर लाग्छ !!

बिचार हाम्रो भिन्न भिन्न मेल केही नखाएनि,
मनै रुओस् पीडा नै होस् भेटिरहुँ जस्तो लाग्छ!!!

प्रकाशित मिति, २०७४ साल मंसिर १५ गते, शुक्रबार,काठमाण्डौं

प्रतिक्रिया दिनुहोस्