Logo

अनेसासद्दारा युवराज नयाँघरे सम्मानित

स्तावेज, मंसिर ४ गते, सोमबार,२०७४,सिड्नी- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमा एक विशेष साहित्यिक समारोह सम्पन्न गरेको छ।  समारोहमा च्याप्टरकी अध्यक्ष सानु घिमिरेले निबन्धकार युवराज नयाँघरे तथा कवि एवं गीतकार रेशमलाल श्रेष्ठलाई सम्मान गरिन्। 

कार्यक्रममा अष्ट्रेलियाली प्रधानमन्त्रीका सल्लाहकार समूहका एक सदस्य विजय सापकोटाले नेपाली समाजका लागि आफू जे जस्तो सहयोग गर्न पनि तयार रहेको धारणा व्यक्त गरे ।  समारोहमा सानु घिमिरे, महेश्वर शर्मा, सुरेन्द्र दवाडी, ममता घिमिरे, रेशमलाल श्रेष्ठ, यज्ञ अधिकारी र टेकेन्द्र पौडेलले कविता, गीत र गजल प्रस्तुत गरेका थिए। 

सम्मानित व्यक्तित्व निबन्धकार युवराज नयाँघरेले नेपाली भाषा र साहित्यको विकास र विस्तारमा सिड्नीका स्रष्टाहरूको प्रशंसा गर्दै अझ गतिशील र सक्रिय रहन अनुरोध गरे।  नयाँघरेले भने, ‘अष्ट्रेलियाली नेपाली समाजका सबै पक्षलाई साहित्यमा लेखिदिनुभएमा आउँदो पुस्ताका लागि त्यो सुन्दर दस्तावेज हुनेछ।’ समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्