Logo

मनोकाङ्क्षा – बिर्खे अन्जान

             -बिर्खे अन्जान

(मनोकाङ्क्षा)

***********
शरणार्थी

भोक बाँचेर

हर्ष उत्सव मनाउँछन्

(यथार्थ )

***********

हाम्रो देश

गिद्धको परेड मैदान

सहिद रोएर ठिङ्ग छ

(बिडम्वना)

**********

राष्ट्र प्रमुख

प्रायः स्वाभिमान अलाप्छ

युवा छोडेर गाउँ रेगिस्तान बाँचिरहेछ

(सुरक्षा)

**********

दिन डहाडै अपहरण

कहाँ छ देश ?

सत्य अोढेर मस्त निदाउँछ बर्दीमा सिपाही

प्रकाशित मिति, २०७४ साल, कार्तिक २५ गते, शनिवार

प्रतिक्रिया दिनुहोस्