Logo

कविता – लान्द्रुक गाउँ

  – कन्चन सुनार 

हरियाली रङ्गीचङ्गी, अति राम्रो लान्द्रुक गाउँ

बिहान उठ्दा हिमाल देख्ने, सबैको प्यारो ठाउँ

फूलहरुका गुच्छाले स्वागत गर्छौँ, पाउनाहरु आउँदा

यतै बसौँबसौँ जस्तो लाग्छ, लान्द्रुक गाउँ आउँदा !

धेरै राम्रा मान्छे यहाँका, कति राम्रो बानी

चिसोचिसो मौसम अनि, त्यस्तै मिठो पानी

सफा बाटो गाउँपनी, त्यस्तै मिल्ने समाज

रमाइलो लाग्छ मलाई, फूलहरुको माझ !!

पर्यटक आउँछन् घुम्न, जान्छन्

रमाएर नाच्दै गाउँदै रमाइलो गर्छन्,

हात समाएर आम्दानीलाई बढाउँछन्,

पर्यटकको मन जितेर

अनि गर्छन् गाउँको विकास, सबै मिलेर !!!

प्रकाशित मिति, २०७४ साल कार्तिक १६ गते, बिहिवार,काठमाण्डौं

 

 

प्रतिक्रिया दिनुहोस्