Logo

गजल

     

              -आचार्य पवित्र   

  पैसा तिरेर सिक्न खाेजे तर सिकिन मैले केही ।
सिकाउन सकेनाै भन्दै गुनासाे गरिन कहिले केही ।

 

 गल्ती भाे भनेर मात्रै म सही के कसरी बुझ्न सकुँ  ? 
यसरी सही भन्ने सुनिन मात्रै सुने गल्ती भाे जहिले केही ।

 

 दाेषि अरू भन्ने दाबी गर्दिन दाेष धेरै धेरै म भित्र पनि छन् ।
तर पक्कै पनि मलाई हिज हेपेकै हुन बुझ्दै छु अहिले केही ।

 

 म मान्छु केही शब्द र मानिस सँग तिम्राे पुरानाे सम्बन्ध हाेला ।
मलाई बुझ्ने दिन झुक्छ तिम्राे शिर तेतिन्जेल फरक पर्दैन गलत सहीले केही ।

प्रतिक्रिया दिनुहोस्