Logo

गजल – नजिक बनाउछु

   
      – लाक्पा शेर्पा समर्पित
 
  उपचारले हरेक मन मुटु,ठिक बनाउँछु
 टाढिएका सबैलाई म,नजिक बनाउँछु

 

  कोही बसेको भए हृदय,माझमा आएर
  केवल उसकै मात्र याद,अधिक बनाउँछु
 
  जो देशका लागी शहीद,बनेका छन्
 वीर म सबैको सम्मान गर्दै र,सालिक बनाउँछु
 
 संसारले एकदिन मेरो,जीबनी सुनाउनेछ
 सबैको मनलाई छोएर,मार्मिक बनाउनेछु
 
  आउनेछ एकदिन दिल,लिन र दिन भनेर
 उसैलाई म जिन्दगीको,मालिक बनाउनेछु
    ताप्लेजुङ शेर्पा समाज

हाल,धनगढी नेपाल साहित्य परिषद

प्रकाशित मिति, २०७४ साल भाद्र २८ गते बुधवार 
प्रतिक्रिया दिनुहोस्